जनताको भावना अनुसार संशोधनसहित एमसीसी पास हुनुपर्छ : केपी ओली

जनताको भावना अनुसार संशोधनसहित एमसीसी पास हुनुपर्छ : केपी ओली

२५ साउन, काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले संशोधनसहित एमसीसी पास हुनुपर्ने बताएका छन्। सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले जनताको भावना अनुसार संशोधनसहित एमसीसी पास हुनुपर्ने बताएका हुन् ।

उनले एमसीसीको विषयमा आफू स्पष्ट भएको बताए। उनले भने, –‘ हामी त स्पष्ट छौं। हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावहरुको आधारमा जनताको भावना अनुसार संसोधनसहित पास हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो ।’

ओलीले एमसीसीको विषयमा बोल्न नसकेको भन्दै गठबन्धनका नेताहरुलाई समेत प्रश्न गरे। एनले भने, – ‘एमसीसीको बारेमा किन बोल्न नसकेको, तपाईंहरुकै पालामा सम्झौंता गरेको होइन? १६५ को कृतिम मतले विश्वासको मत लिएकै छ त। पास गर्नु नि, किन हामीलाई दोष?’

ओली प्रधानमन्त्री हुँदा एमसीसी पारित गराउन निकै जोड गरेका थिए। त्यतिबेला नेकपामा पनि यो विषय विवादित भएको थियो। पार्टीभित्र विवाद भएपछि कार्यदल गठन गरिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.