सरकारलाई ओलीले भने- सिँगौरी खेल्न आए सिङ भाचिनेछ

सरकारलाई ओलीले भने- सिँगौरी खेल्न आए सिङ भाचिनेछ

२५ साउन, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा ओलीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताउँदै सडक र सदनमा सशक्त र प्रभावकारी खेल्ने र सत्तारुढ सिंगौरी खेल्न आए सिँग भाँचिने चेतावनी दिएका हुन् ।

सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको भन्दै भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय एक उदाहरण भएको बताए । उनले भने, ‘पुराना सबै नियुक्ति खारेज गर्ने। यसैको उदाहरण हो। हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं। सडक र सदनमा ससक्त र प्रभावकारी भूमिका खेल्छौ। सिँगौरी खेल्न आए सिङ भाचिनेछ ।’

उनले आफ्नो नेतृत्वको सरकारले धरहरा, रानीपोखरी बनाउनेदेखि मेलम्चीको पानी काठमाडौंसम्मै ल्याएको भन्दै त्यो पनि भत्काउन सरकारलाई चेतावनी दिए । ‘भत्काइदेउ धरहरा, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरु ओली याद आउने सबै चिजहरू’, उनको भनाइ थियो ।

ओलीले अदालतको परमादेशबाट बनेको सरकारले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.