ओलीले आज संसदमा सम्बोधन गर्ने

ओलीले आज संसदमा सम्बोधन गर्ने

२६ साउन, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ ।  प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली संसदमा बोलेका छैनन् ।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ ।

आफ्नो सम्बोधनमा ओलीले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममाथि टिप्पणी र सरकारका गतिविधिका विषयमा पार्टीका भनाइहरु राख्ने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.