कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी आयोजनाको प्रमुखको सरुवा

कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी आयोजनाको प्रमुखको सरुवा

२६ साउन, काठमाडौं ।
मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा भएको छ । कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठको गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरूवा भएको हो ।

गत जेठ ३ गते समितिमा कार्यकारी प्रमुखका रुपमा आएका श्रेष्ठको अढाई महिनामै सरुवा भएको हो । असार १ गते आएको बाढीपछि समस्याग्रस्त भएको आयोजनालाई पुनस्र्थापनाको कार्यायोजना तयार गर्दैगर्दा श्रेष्ठको सरुवा भएको हो ।

स्रोतका अनुसार सरकारले सरूवाको प्रस्ताव गरेपछि श्रेष्ठले आफ्नो असहमति नहुने बताएका थिए । मन्त्रालयले आयोजनामा नयाँ प्रमुख पठाउन छलफल थालेको छ । अहिलेसम्म खानेपानी मन्त्रीको जिम्मा प्रधानमन्त्री स्वयमले लिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.