२६ साउन, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो बैठकमा माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको संसदबाटै जवाफ दिएका छन् ।
मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा सम्बोधन गरेका ओलीले ‘माओवादी आगो हो’ भनेर प्रचण्डले दिएको अभिव्यक्ति लक्षित गर्दै भने भने, ‘उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झन्छु । उहाँ आगो हो थाहा छ । डढेलो लगाउनु हुन्छ ।’
सरकार बन्दा नबन्दै प्रतिपक्षीलाई धम्की दिइएको भन्दै उनले अघि भने, ‘तर एक-दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस् ।’ ओलीले यस्तो डढेलो निभाउन आफूहरुलाई आउने पनि बताए ।