देउवालाई ओलीको प्रश्न : एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?

देउवालाई ओलीको प्रश्न : एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?

२६ साउन, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम् कार्यक्रममा एमसीसी किन नराखेको भन्दैं प्रश्न गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विषेश समय लिएर बोल्दै ओलीले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् । उनले सोधे– एमसिसि के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू?

उनले भने, ‘अहिलेको गठबन्धन सरकारमा हुँदा एमसीसी गर्नुभएको थियो। तर एमसीसी बिर्सनुभयो कि के हो? खै मैले त यो कार्यक्रममा देखिनँ त कतै । अनि केपी ओलीले कतै एमसिसि पास गराउनुपर्छ भन्ने क्लिप खोजेर वातावारण बनाउन खोज्नुहुन्छ। मलाई नै गाली गर्ने अनि मेरै क्लिप प्रयोग गरेर काम गर्ने?’

‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू के गर्नुहुन्छ एमसीसी?,’ उनले भने, ‘तपाई त एकदम बजबुत प्रधानमन्त्री हुनुहुन्छ। तपाईको साथमा १६५ जना छन्। अरू कसैको साथ चाहिन्न। त्यो जत्थाले के भन्छ। एमसिसी पास गर्ने कि नगर्ने?’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.