ट्राफिक प्रहरीद्वारा “मास्क खै” र “नो हर्न” अभियानमा कडाइ

ट्राफिक प्रहरीद्वारा “मास्क खै” र “नो हर्न” अभियानमा कडाइ

२६ साउन, काठमाडाैँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा “मास्क खै” र “नो हर्न” अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाडौं उपत्यकामा “मास्क खै” र “नो हर्न” अभियानलाई कडाइका साथ लागू गर्ने बताएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) जनक भट्टराईले अहिलेको कोरोना संक्रमणबाट बच्नको लागि मास्कको प्रयोग अनिवार्य भएकोले मास्कको प्रयोग बढाउन र अनिवार्य लगाउनुपर्ने चेतना फैलाउन प्लेकार्ड, तथा गाडीमा स्टीकर र ट्राफिक जवानको शरीरमा फित्ता लगाएर जागरुकता फैलाएको बताए। उनले हातमा प्लेकार्ड बोकेर हिँड्दा काममा अवरोद्ध हुने भएकोले शरीरमा फित्ता लगाउने अभियान सञ्चालन गरेको बताए।

उनले भने, “अहिलेको संक्रमणबाट बच्नको लागि मास्कको प्रयोग गर्नुपर्छ, यो अत्यन्त जरुरी छ भनेर मास्कको प्रयोग बढाउन र अनिवार्य छ भनेर चेतना फैलाउनका लागि विभिन्न उपाय गरिरहेका थियौँ, प्लेकार्डमा लेखेर देखाउने काम गर्यौं,मास्कको अनिवार्यता र चेतना जगाउने उद्देश्यले यी काम गरिरहेका थियौँ, मास्क खै भनेर फित्ता लाएको कारण हात हल्लाएर गर्ने हाम्रो ड्यूटिमा अवरोध हुने भएकोले जनमानसमा चेतना जाने र चेतना जगाउने उद्देश्यले मास्क खै कार्यक्रम व्यापकतामा लाँदैछौँ ।”

 

उनले २०७४ सालमा ल्याइएको नो हर्न कार्यक्रमलाई पनि प्रचारमुखी बनाउन, निरन्तर्ता दिन र चेतना जगाउन कडाइका साथ लागि पर्ने बताए । उनले नो हर्नको स्टीकर प्रत्येक ड्राइभरले गाडी चलाउँदा देखिने ठाउँमा राखिने बताए । उनले भने, “२०७४ मा ल्याइएको नो हर्नको कार्यक्रमलाई अघि बढाउँछौँ, ०७४ सालदेखि नै अफ्ठेरो नपरीकन हर्न बजाउनु हुँदैन, हर्नले वातावरण प्रदूषण गर्छ भनिएको थियो, त्यही अभियानलाई फेरि प्रचारमुखी बनाउन, निरन्तर्ता दिन, चेतना जगाउन लागि परेका हौँ, यो प्रत्येक ड्राइभरले बिहान उठेर गाडीमा बसेपछि देखिने ठाउँमा नो हर्नको स्टीकर टाँस्छौँ, यदि यसलाई मँनानुभएन भने कारबाहीको दायरामा ल्याउँछौँ ।”

उनले अनावश्यक ठाउँमा हर्न बजाउने ड्राइभरलाई कारबाहीको दायरमा ल्याउने बताए ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.