कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

२७ साउन, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङ पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह भनेकी थिइन् । तर, शाक्यले आफू जहाँ खटाए पनि जाने तर राजीनामा भने नदिने अडान राखेका थिए ।

शाक्यलाई उर्जा आयोगमा सचिवसरहको पूर्णकालीन पद सिर्जना गरी त्यता पठाइएको छ । यसअघि ४ वर्ष विद्युत प्राधिकरणको बागडोर सम्हालेका कुलमानले लोडसेडिङ अन्त्य गर्दै बिजुलीको नियमिततामा उल्लेख्यक सुधार गरेका थिए । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.