रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए राजीनामा

रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए राजीनामा

२७ साउन, काठमाडाैँ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन्। भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् ।

 उनलाई १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियाे । आचरणविपरीत काम गरेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोधेको थियो ।

पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुन्ठित गर्ने ढंगले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

भट्टराईले मृत प्रायः अवस्थामा रहेको नेपाल रेलवे कम्पनी लिमिटेडलाई पुनर्जीवन दिई पहिलो चरणमा जयनगर-जनकपुर-कुर्था खण्डमा यात्रु रेल सेवा सञ्चालन गर्न तयारी अवस्थामा पुर्‍याएको दाबी गरेका छन्।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.