मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

२७ साउन, बुटवल।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभालाई दिएपछि विशेष अधिवेशन स्थगित भएको हो ।

पोखरेलले दिउँसो एक बजेर १० मिनेट जाँदा प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए । उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो । अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो ।

त्यसपछि एक घण्टाका लागि अधिवेशन स्थगित गरेर सभामुख पूर्ण बहादुर घर्तीले पुनः प्रदेशसभाको दोस्रो बैठक सुरु गरेका थिए । बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाए । योसँगै विशेष अधिवेशन सकिएको छ ।

संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा पोखरेल मुख्यमन्त्री बनेका थिए । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ बमोजिम दुई वा त्यसभन्दा धेरै दलको सरकार बनाउन आह्वान गर्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.