महाकवि देवकोटाको घर भत्काएको विषयमा सर्वोच्चले माग्यो लिखित जवाफ

महाकवि देवकोटाको घर भत्काएको विषयमा सर्वोच्चले माग्यो लिखित जवाफ

२७ साउन, काठमाडौं ।

सर्वोच्च अदालतले नेपाल प्रज्ञा प्रतिष्ठानलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनुपर्नाको कारण पेश गर्न आदेश दिएकाे छ ।

 बुधबार न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले सर्वाेच्चमा रिट दर्ता गरेका थिए ।

रिट निवेदकले घर भत्काउन रोक लगाउन अन्तरिम आदेश माग गरेपनि सर्वोच्चले अन्तरिम आदेश दिएन । रिट निवेदनमा पूरातात्विक महत्वको घर भत्काउनु गलत भएको भन्दै त्यसले महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण गर्न आदेश हुनुपर्ने माग गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.