२७ साउन, सुर्खेत ।
वडा कार्यालय परिसरमा सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा पक्राउ परेका जुनीचाँदे गाउँपालिका- २ का वडा अध्यक्ष रामबहादुर नेपाली धरौटीमा रिहा भएका छन् । पक्राउ परेको एक सातापछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले उनलाई आज धरौटीमा रिहा गरेको हो ।
उनले साउन १५ गते आफ्नै भतिजा नाता पर्ने सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनलाई प्रहरी प्रतिवेदनका आधारमा अभद्र व्यवहार सम्वन्धी मुद्दा चलाइएको थियो । ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले पीडित पक्षलाई बुझ्दा त्यस्तो ठूलै गल्ती भएको जस्तो नदेखिएकाेले भदौ १६ गते बकपत्र गर्न आउने गरि पाँच हजार धरौटी लिएर रिहा गरेकाे बताए ।