काठमाडौंमा आजदेखि राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

 काठमाडौंमा आजदेखि राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

२८ साउन, काठमाडौं।

 काठमाडौं उपत्यकामा आजदेखि लागू हुने गरी रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

गत मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको हाे  ।

काठमाडौं उपत्यकामा कोभिड संक्रमण जोखिम झन् बढेकाले प्रशासनले कडाइ गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिए पनि अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने रोक नलगाइएको उनले बताए । उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.