सुनसरीमा जगंली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरीमा जगंली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२८ साउन, सुनसरी ।

सुनसरी कोशी गाउँपालिका-४ खत्वे टोल का ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान साढे ५ बजे खेतीतर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको हाे ।

घटनाको जानकारी पाएलगतै खटिएकाे प्रहरी टोलीले स्थानियबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटिएको थियो । खत्वेकाे शव कानुनी प्रकृया पुरा गरी पोष्ट मार्टमको लागी जिल्ला अस्पताल ईनरुवा पठाएको प्रहरीले जनाएकाे छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.