गुल्मीमा चट्याङ लागेर दुई जनाको जनाको मृत्यु ,६ जना घाइते

गुल्मीमा चट्याङ लागेर दुई जनाको जनाको मृत्यु ,६ जना घाइते

२८ साउन, तम्घास।

गुल्मीमा चट्याङ लागेर दुई जनाको जनाको मृत्यु भएको छ । बिहीबार बिहान चट्याङ लागेर जिल्लाको मालिका गाउँपालिका वडा नम्बर २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको ज्यान गएको हाे ।

चट्याङले प्रतेलको घरमा समेत क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस्तै बुधबार साँझ जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ४ का ११ वर्षीय राहुल गन्धर्वको चट्याङ लागेर मृत्यु भएको छ ।

चट्याङ लागेर ४२ वर्षीय रामबहादुर गन्धर्व ,२४ वर्षीय रुपा नेपाली, ९ वर्षीय किस्मत नेपाली, १७ वर्षीय राधा खत्री, २३ वर्षीय गोमा खत्री र २४ वर्षीय शर्मिला खत्री घाइते भएको जिल्ला प्रहरी कार्याय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । घाइतेहरूमध्ये रामबहादुर रुपा र किस्मतको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । राधा खत्रीको दोहोली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्यको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतकहरुको शबलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टम गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.