मातृका यादवको आग्रह- परमादेश भन्नेहरुले सांसदबाट राजीनामा दिए हुन्छ

मातृका यादवको आग्रह- परमादेश भन्नेहरुले सांसदबाट राजीनामा दिए हुन्छ

२८ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले परमादेशबाट सरकार बनेको भन्नेहरुलाई सांसद पदबाट राजीनामा दिन सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले परमादेशबाट आएको संसद् भन्ने सांसदहरूलाई राजीनामा गर्न र उपनिर्वाचनबाट जितेर आउन सुझाव दिएका हुन् ।

उनले भने, ‘हामी हाउसमा परमादेशबाट आएका होइनौ, जनादेशबाट आएको । संवैधानिक विवाद वा कानुनी विवाद उठ्यो भने त्यो ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई नै दिएको छ संविधानले । उहाँहरुलाई त्यो भुत सवार छ भने राजीनामा दिए हुन्छ । परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ? ज-जसलाई लागेको छ, राजीनामा दिए हुन्छ । यो सरकारले ६ महिनामा चुनाव गराइदिइहाल्छ ।’जसको मेन्टल्ली बिग्रेको छ त्यसले भन्छ परमादेश।’

उनले एमाले अधयक्ष केपी ओलीलाई पनि राजीनामा गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा बारम्बार परमादेश भनेर अपमान गरेको भनेर उनले राजीनामा गर्न ओलीलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘संविधान लेख्ने, सही भन्ने र उत्सव मनाउनेले संविधानको आफूखुसी प्रयोग गर्ने काम रोक्दा परमादेशबाट आएको हो भन्ने ? परमादेश भन्ने पूर्वप्रधानमन्त्री ओलीलाई के आग्रह गर्छु भने यो हाउसमा नआइकन राजीनामा गर्न आग्रह गर्छु । चुनाव लडे भइहाल्छ । ६ महिनामा यो सरकारले चुनाव गराउछ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.