२८ साउन, काठमाडौँ ।
सांसद अतहर कमालमुलसमानले विगतमा ओली सरकारले बालुवाटार र भैसेपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजेको व्यंग्य गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेस नेतृत्वको सरकारले गरिब जनतालाई लालपुर्जा वितरण गर्ने बताए । उनले भने – ‘नेपाली कांग्रेसले गरिब जनतालाई लालपुर्जा वितरण गर्न खोजेको हो । बालुवाटार र भैसेपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजेको होइन । यदी लालपुर्जा बालुवाटार र भैसेपाटीसम्म पु¥याउने हो भने पुरानो सुकुम्बासी आयोग जिवित राखे हुन्छ । गरिब सुकुम्बासीलाई दिने हो भने नयाँ आयोग गठन गरेर नयाँ तरिकाले गर्नुपर्छ ।’