२८ साउन, भैरहवा ।
रुपन्देही जिल्लाको सम्ममरिमाइ गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । अध्यक्ष शुक्लालाई बिहीबार गाउँपालिकाको आसपास बाट जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेकाे हाे ।
सम्मरिमाइ गाउँपालिकाबाट अध्यक्ष शुक्लालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख मनोज केसीले बताए । उनीविरूद्ध स्थानीय ३० वर्षीया पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।