अवैध मदिरा बिक्री भएपछि सिलबन्दी,मदिरा राख्न प्रयोग हुने १४ बोरा खाली बोतल बरामद

अवैध मदिरा बिक्री भएपछि सिलबन्दी,मदिरा राख्न प्रयोग हुने १४ बोरा खाली बोतल बरामद

लहान, असार २३

गैरकानूनी रुपमा मदिराको बिक्री वितरण गरिरहेको भन्दै आन्तरिक राजश्व कार्यालय लहान र प्रहरीको टोलीले सिरहाको गोलबजार– ६ स्थित परमेश्वर नायकको घरको एउटा कोठा सिलबन्दी गरेको छ ।

गैरकानूनी रुपमा मदिराको बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा आन्तरिक राजश्व कार्यालय लहान र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले नायकको घर खानतलासी गर्दा गोल्डेन ओके लेखिएको १८० मिलिको ४८ बोतल र अवैध मदिरा राख्नको लागि प्रयोग हुने खाली बोतलको १४ बोरा बरामद गरेको हो ।

ती परिमाणमा अवैध मदिरा र बोतल बरामद भएपछि केही मदिरा आवश्यक कार्बाहीका लागि आन्तरिक राजश्व कार्यालय लहानमा लगिएको र बाँकी अन्य मदिरा थप अनुसन्धानको लागि नायकको घरको एउटा कोठामा राखेर जनप्रतिनिधिको रोहवरमा सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै प्रहरी टोलीले सिरहाको विभिन्न स्थानबाट चार हजार ९२६ लिटर अवैध मदिरा र एक हजार ९३६ लिटर कच्चपदार्थ तथा मदिरा बनाउने ६८ थान भाँडा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.