राप्ती नदीको बाढीले आठ किलोमिटर बगाएकी महिलाको सकुशल उद्दार

राप्ती नदीको बाढीले आठ किलोमिटर बगाएकी महिलाको सकुशल उद्दार

२९ साउन, दाङ ।

राप्ती नदिमा बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बगेकी महिलाको चार घण्टापछी सकुशल उद्दार गरिएको छ ।

विहीबार दिउँसो चार बजे गढवा गाउँपालिका-३ गोवरडिहाबाट नदिमा बगेकी महिला करिब आठ किलोमिटर टाढा लमही नगरपालिका-४ बुटकौवा स्थित टापुबाट सकुशल उद्दार गरिएको हाे ।

ती महिलाको अहिले लमही अस्पतालमा उपचार भैरहेको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुरान मल्लले जानकारी दिए । । पौडन जानेकी ती महिला पानीमा टाउको नडुबाइ उत्तानो परेर तैरिएकी थिइन्।

बाढीमा वेपत्ता भएकी चौधरी सकुशल फर्किने आशा आफन्तले मारिसकेका थिए । बाढीमा वेपत्ता भएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी उद्दारमा परिचालन भएका थिए । बुटकौवाको टापुबाट महिलाको उद्धार गरिएको हो ।

राप्ती नदिमा पानीको सतहले खतराको तह पार गर्न थालेपछि सतर्कताको लागि प्रशासनले सार्वजनिक सुचना समेत जारी गरेको छ । अविरल बर्षाका कारण हुन सक्ने जोखिमबाट जोगिन दाउरा टिप्न नदी किनारमा नजान समेत सुचना जारी गरिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.