प्रहरी हुँ भन्दै पैसा माग्ने र कुटपिट गर्ने दुई जना पक्राउ

प्रहरी हुँ भन्दै पैसा माग्ने र कुटपिट गर्ने दुई जना पक्राउ

२९ साउन, झापा ।

‘प्रहरी हौं’ भनेर पैसा मागेको र कुटपिट गरेको आरोपमा प्रहरीले झापाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ बस्ने विकास उप्रेती र विर्तामोड घर भएका टिका खत्री छन् ।

उनीहरुले नयनसरी राजवंशीको घरमा गएर ‘तपाइँको छोरा लागु औषध कारोबार गर्छ, छोरा जोगाउने भए २० हजार दिनुस्’ भनेर आफुहरुलाई प्रहरी भएको दाबी गरेका थिए । साउन ११ मा ११ हजार लिएर गएका उनीहरुले फेरि साउन १४ मा पैसा माग्न आएर विशाल राजवंशीलाई कुटपिट गरेका थिए । घटनाबारे उजुरी परेपछि इलाका अनारमनिबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

‘सादा पोशाकका प्रहरी हौं’ भनेर उनीहरुले नयनसरीका छोरा विशाललाई कुटपिट गरेका हुन् । आरोपीहरु विरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.