२९ साउन, काठमाडाैँ ।
सांसद डा. डिला संग्रौला पन्तले गोरखा सैनिकहरु विभिन्न माग राखि बेलायतमा आमरण अनशन बसिरहेको प्रति नेपाल सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनल कुटनीतिक माध्यमबाट ब्रिटिश सरकारसँग वार्ता गर्न सरकारसँग माग गरिन् ।
उनले भनिन् – ‘नेपाल तथा ब्रिटेनबिच २०० वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ । त्यो सम्बन्धको जग भनेको गोर्खा सैनिकहरु हुन् । संसारभरी बहादुरीका लागि चिनिएका गोरखा सैनिकहरुले अहिले आफ्नै लागि न्याय माग्दै गएको शनिवार देखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लण्डनमा आमरण अनशन बसिरहेका छन् । उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो । त्यसैले म नेपाल सरकारलाई तत्काल कुटनीतिक माध्यमबाट ब्रिटिश सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु ।’