अशक्त,अपांग र दीर्घरोगीलाई घरमै गएर काेराेना खोप लगाउन सर्वाेच्चको आदेश

अशक्त,अपांग र दीर्घरोगीलाई घरमै गएर काेराेना खोप लगाउन सर्वाेच्चको आदेश

२९ साउन, काठमाडौं ।

सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ट नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घर घरमै गएर खोप सेवा उपलब्ध गराउन आदेश दिएको छ ।

विहीबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।

अदालतले अशक्त,अपांग र दीर्घ रोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरि घर घरमै खोप सेवा उपलब्ध गराउन भनेकाे छ । अदालतले संविधानले दिएको मौलिक हक कार्यान्वयनका सन्दर्भमा यस्ताे आदेश दिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.