NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश सोमवार साउन १९ , २०८२
कोशी ब्यारेजको २३ ढोका खुल्यो, रातो बत्ती बालियो सोमवार साउन १९ , २०८२
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं सोमवार साउन १९ , २०८२
चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ? आइतवार साउन १८ , २०८२
एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको आइतवार साउन १८ , २०८२
Next
Prev

समाचार

आत्मनिर्भर बन्दै मुक्तहलिया समुदायका महिला

शनिबार असार २३ , २०७५
Reading Time: 1 min read
A A
आत्मनिर्भर बन्दै मुक्तहलिया समुदायका महिला
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

कञ्चनपुर, २३ असार

कञ्चनपुर भीमदत्तनगरपालिका– ६ सुकासालका मुक्तहलिया समुदायका महिला डकर्मी सम्बन्धी तालीम लिएपछि आत्मनिर्भर बन्दै गएका छन् । दैनिक मजदुरी गरेर रु चार सय कमाउँदै आएका महिला तालीम पश्चात रु पाँच सयदेखि रु सात सयसम्म कमाउन थालेका हुन् ।

साँझ बिहानको खानाको जोहो गर्न र बालबालिकाको विद्यालय तथा लताकपडा खर्च जुटाउनका लागि श्रीमान्ले भारतमा मजदुरी गर्दै आउनुभएको छ, पुष्पा कोलीले भनिन्, “त्यसबाट जीवका धान्न निकै मुस्किल छ ।” मुक्तहलिया महिलाको जीवनस्तरमाथि उठाउनका लागि सञ्चालित दुई महिने तालीममा सहभागी भएपछि ज्यालामा बढोत्तरी भएको उनले बताइन् । डकर्मीको कार्य गर्ने सीप नहुँदा मजदुरी गर्नुपर्ने विगतको बाध्यता रहेपनि हाल तालीम लिएपछि इँट्टा राख्ने, गाह्रो राख्ने र पिल्लर बाँध्ने कार्य गर्नसक्ने भएको उनले बताइन् ।

यस कार्यले ज्याला बढेपछि परिबारको खर्च चलाउन उनलाई सहज भएको छ । तालीमका सहभागी जानकी टमटाका श्रीमान् समेत भारतको नयाँदिल्लीमा रोजागरीमा छन्, घर बासका लागि मात्रै जग्गा भएका टमटाका परिवारको खर्च भारतकै कमाइले चल्दै आएको छ ।

श्रीमान्को कमाइले मात्रै चार जना परिवारको जीविका चलाउन मुस्किल हुन थालेपछि आफूले तालीम लिएपछि डकर्र्मीको कार्य गर्न थालेको बताउँदै जानकीले भनिन्, “श्रीमान्ले भारतबाट कमाउने पैसा भन्दा बढी डकर्मी पेशामा आवद्ध भएपछि कमाउन थालिएको छ ।” उनले भनिन्, “महिलाले घरको कामकाज मात्रै गर्नुपर्दछ भन्ने मान्यतालाई तोड्दै महिलाले पनि पुरुष सरह कार्य गर्न सक्छ, श्रीमान्कै कमाइमै भर पर्नुभन्दा आफ्नै खुट्टामा उभिनुपर्दछ ।”

मजदुरी गर्दै आएका श्रीमान् भन्दा तालीमले गर्दा बढी पैसा ज्यालाबापत पाउन थालेको कलावती कामीले भनिन्, “श्रीमान्लाई समेत अहिले तालीम लिनका लागि दबाब दिन थालेको छु ।” घरको आर्थिक अवस्था कमजोर भएर सुना सार्किले बिचमै पढाइ छाडे पनि व्यावसायिक सीप सिकेर आत्मनिर्भर बन्नका लागि डकर्मीको तालीम लिएकी छिन्। प्रारम्भिक तालीम लिएर मात्रै पुग्दैन उनले भनिन्, “थप तालीम पाए प्रशिक्षक बनेर आर्थिक रुपमा विपन्न वर्गका समुदायका व्यक्तिलाई तालीम दिई दक्ष बनाउने इच्छा भए पनि त्यो पूरा हुन पाएको छैन, निःशुल्क तालीम दिने सहयोगी संस्थाको खोजीमा छु ।”

आइएलओको आर्थिक सहयोगमा सञ्चालित ब्रिज परियोजना अन्तर्गतमुक्त हलियाका २५ जना महिलाले छ महिना अघि डकर्मीका तालीम लिएका हुन् । तालीम लिएकामध्ये थोरै महिला मात्र डकर्मी पेशामा आवद्ध भएका छन् । मुक्तहलियाका १२५ महिलालाई स्वरोजगार बनाउनका लागि केशशृङ्गार, मोबाइल मर्मत, मोटरसाइल मर्मत, पेन्टिङ र डकर्मी लगायतका तालीम दिइएको मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारले बताए । तालीम लिएका अधिकांश स्वरोजगारमै आर्थिक रुपमा आत्मनिर्भर बन्न थालेको उनको भनाइ छ ।

अनुदानमा एक हजार बिरुवा 

शुक्लाफाँटा नगरपालिकामा फलफूल बगैंँचा स्थापनाका लागि ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको छ । नगरपालिकाको कृषि शाखाले अनुदानमा किसानलाई आँप, लिची, कटहर, मेवा, कागती, अनारलगायतका एक हजार बिरुवा वितरण गरेको हो ।

चार बिघा जग्गामा आधादर्जन बढी किसानलाई नमूना फलफूल बगँैंचा स्थापनाका लागि बिरुवा अनुदानमा उपलब्ध गराइएको कृषि शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए । “फलफूल उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि किसानलाई फलफूलका बिरुवा वितरण गरेका छौं” उनले भने ।

यसैगरी, शाखाले टिस्युकल्चर गरिएका पाँच हजार केराका बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । बिरुवा व्यावसायिक केराखेती गर्न उत्सुक १७ जना किसानलाई नौ जातका केराका विरुवा वितरण गरेको हो ।

केराका बिरुवा खरिदका लागि कृषि शाखाले रु एक लाख र किसानले रु एक लाख रकम लगानी गरेको कृषि शाखाका प्रमुख कुँवरले बताए । अनुदानमा उपलब्ध गराइएका केराका बिरुवा तीन बिघा पाँच कठ्ठा जग्गामा किसानले रोपेको उनले बताए ।

अनुदानमा उपलब्ध गराइएका केराले दश महिनाको अवधिमा रु १५ लाखभन्दा बढीको उत्पादन दिइने दाबी उनको छ ।
रासस

लोकप्रीय

कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश

कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश

सोमवार साउन १९ , २०८२
सप्तकोशीमा हाईअलर्ट जारी ,तटीय क्षेत्रमा नजान आग्रह

कोशी ब्यारेजको २३ ढोका खुल्यो, रातो बत्ती बालियो

सोमवार साउन १९ , २०८२
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

सोमवार साउन १९ , २०८२

विचार

थप समाचार

कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश
ताजा समाचार

खेलकुद

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

सोमवार साउन १९ , २०८२
चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?
अन्तर्राष्ट्रिय

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२

हालका पोस्टहरू

कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश

कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश

सोमवार साउन १९ , २०८२
सप्तकोशीमा हाईअलर्ट जारी ,तटीय क्षेत्रमा नजान आग्रह

कोशी ब्यारेजको २३ ढोका खुल्यो, रातो बत्ती बालियो

सोमवार साउन १९ , २०८२
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

सोमवार साउन १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.