३० साउन, विराटनगर।
मोरङकाे बेलबारीमा छट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ बर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ बर्षीय लोकबन्धु दर्नाल रहेका छन् ।
शुक्रबार बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम सहित पक्राउ गरेको थियो । पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको बयान दिएका थिए ।
साे सुचनाका आधारमा खटिएकाे प्रहरी टाेलीले दर्नाललाई बेलबारी नगरपालिका-३ पशुहटिया स्थितबाट लागूऔषध ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ । ।