दुई जना साहित्यकार पुरस्कृत

दुई जना साहित्यकार पुरस्कृत

विराटनगर,असार २३
विराटनगरस्थित डाक्टर नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानले दुईजना श्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले विराटनगरका साहित्यकार तथा पत्रकार ऋतु आशिक र झापाका साहित्यकार एवम पत्रकार खगेन्द्रा खुशीलाई पुरस्कृत गरेको हो ।

आशिकलाई २१ हजार राशिको डाक्टर नरेन्द्र चापागाई भाषा साहित्यकार पुरस्कार–२०७४ तथा खुशीलाई ७ हजार राशिको डाक्टर नरेन्द्र चापागाई युवा प्रोत्साहन पुरस्कार–२०७४ प्रदान गरिएको आयोजक संस्थाका महासचिव दिङ्लाली कान्छोले जानकारी दिए ।

विराटनगर ३ स्थित परोपकार सामुदायिक भवनमा आज आयोजित कार्यक्रमकाबीच बरिष्ठ साहित्यकार एवम प्राडा गोबिन्दराज भट्टराईले आशिक र खुशीलाई सम्मानपत्र,दोसल्ला र नगद पुरस्कार राशी प्रदान गरेका थिए ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष प्राडा बद्री बिशाल पोखरेल,भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेल र प्राज्ञ दधिराज सुवेदी सहित साहित्यकार,समाजसेवी तथा सर्वसाधारणको सहभागिता थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.