३० साउन, काठमाडाैँ ।
सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले अफगानिस्तानमा रहेका नेपाली युवाहरुको जीवन सुरक्षाका लागि प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।
केन्द्रिय कार्य समितिको तेस्रो दिन शनिबारकाे बैठकमा नेताहरुले अफगानिस्तानका नेपालीलाई आवश्यक परे प्रक्रिया पु¥याएर उद्धार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘अफगानिस्तानमा पछिल्लो जे घटना भईरहेको छ । त्यो घटनामा नेपालबाट गएका नेपालीहरु कामको क्रममा त्यहाँ हुनुहुन्छ । उहाँहरु कसैको पनि जीवन जोखिममा नपरोस् । त्यहाँ रहेका नेपालीहरुको अवस्था के छ ? र आवश्यक प¥यो भने सरकारले उनीहरुलाई प्रक्रिया पु¥याएर उद्धार गर्न गम्भिर बन्नुपर्दछ भनेर सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण पनि गराउनु भएको छ ।’
भूतपूर्व गोर्खा सैनिकहरुले बेलायतमा विभिन्न माग राखेर धर्ना दिईरहेकाले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरुले दवाव दिएका थिए ।