भारतविरुद्ध रुटले बनाए कीर्तिमानी शतक

भारतविरुद्ध रुटले बनाए कीर्तिमानी शतक

३० साउन, एजेन्सी ।
भारतविरुद्ध दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डका कप्तान जो रुटले शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका छन् । लड्र्स मैदानमा जारी खेलमा रुटले तेस्रो दिन दोस्रो सेसनमा शतक प्रहार गरेका हुन् । रुटले टेस्ट करिअरको २२ औं शतक पूरा गरेका हुन् ।

रुटको शतकको सहयोगमा इंग्ल्यान्डले पहिलो इनिङमा ८२ ओभरमा ४ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको छ । रुट २ सय २ बलमा १० चौका सहित १ सय २ रनमा खेलि रहेका छन् । ८२ औं ओभरको तेस्रो बलमा रुटले जस्प्रित बुमराह बलमा एक रन बटुल्दै २ सय बलमा शतक पूरा गरेका थिए ।

रुट एकै वर्षमा पाँच टेस्ट शतक प्रहार गर्ने इंग्ल्यान्डका पहिलो कप्तान बनेका छन् । यसअघि कप्तानको रुपमा इंग्ल्यान्डबाट सन् १९९० मा ग्राहम गुच, माइकल एथरटनले १९९४ र एन्ड्र्यू स्ट्रासले २००९ मा चार–चार शतक प्रहार गरेका थिए । लड्र्समा रुटको यो चौथो शतक हो । यसअघि भारतसँग पहिलो टेस्टको दोस्रो इनिङमा रुटले १ सय ९ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.