विराटनगर,असार २३
आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा भानु कला केन्द्र विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।आज विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आयोजित कार्यक्रममा कला केन्द्रले साहित्यिक पत्रकार शशी बजगाईं, कलाकार कुशेश्वर राई र साहित्यकार भरत गुरागाईंलाई सम्मान गरेको छ ।
भानु कला विशेष सम्मान साहित्यकार कृष्णराज कोइरालालाई समर्पण गरियो । त्यस्तै भानुपदक २०७५ बाट अभियानकर्मी डा. डीआर उपाध्याय, कलाकार दिगम्बर झा, कवि प्रेमप्रसाद सञ्जेल, मञ्जु शर्मा, सञ्चारकर्मी निर्मल ढुंगाना र कलाकार संगीता मण्डल विभूषित भए ।
त्यस्तै समता साहित्यिक प्रतिष्ठानका तर्फबाट साहित्यकार रामबाबु दाहाल र समाजसेवी तिलकबहादुर थापा सम्मानित भए । उनीहरु सबैलाई १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे, आयोजक संस्थाकी अध्यक्ष माया पौडेल र प्रदेश सांसद सावित्रा रेग्मीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
त्यस्तै समारोहमा भानुकला केन्द्रका कलाकार दीपेन्द्र थापा, कविता लामा, मनोज राजवंशी, समीक्षा कार्की, आनन्द खड्का, सपना साह, संगीता यादव, काशी राजवंशीलगायतका कलाकारहरुले विभिन्न भाषाका गीतमा नृत्य पनि प्रस्तुत गरेका थिए ।