३२ साउन, काठमाडाैँ ।
सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। साेमबार बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।
आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।