लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

मोरङ, असार २४

मोरङको विराटनगरबाट प्रहरीले शुक्रबार लागुऔषधसहित दुइ युवकलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएका प्रहरीले डाईजेल्याब ३० एम्पुल, नेरोजेसिक ३० एम्पुल तथा एभिल ३० एम्पुल सहित नियन्त्रणमा विराटनगर–१२ रोडशेष चौकबाट उनीहरुलाई पक्राउ गरेका हुन।

पक्राउ पर्नेमा सुनसरी धरान उमनपा १५ बस्ने बर्ष ३२ को सनम तामाङ र सोही ठाउँ बस्ने बर्ष ३२ को अमित राई रहेका छन् ।दुबैलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता भई थप अनुसन्धान भई रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.