१ भदाै, काठमाडौं ।
सरकारले सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेपछि विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज स्थायी समिति र संसदीय दलको बैठक बोलाएको छ ।
एमालेले आकस्मिकरुपमा स्थायी समिति र संसदीय दलको बैठक बोलाएको हो । स्थायी समिति बैठक अहिले बिहान ११ बजेपछि बस्दैछ भने आज दिउसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।
अध्यक्ष ओलीले हिजो साँझ एक अपिल जारी गर्दै एमाले विभाजनका लागि अध्यादेश आउन लागेको भन्दै पार्टी एकताको लागि अपिल गरेका थिए ।
संसद् अधिवेशन अन्त्यपछि पार्टी विभाजनसम्बन्धी अध्यादेशको चर्चासँगै बोलाइएको स्थायी कमिटी र एमाले संसदीय दलको बैठकप्रति धेरैको चासो छ ।