प्रधानमन्त्री देउवा र जसपाकाे ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र जसपाकाे ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता

१ भदाै, काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूले प्रधानमन्त्री देउवासँग मधेसका माग र मुद्दा सम्बोधनको प्रक्रियाबारे चासो व्यक्त गरेको नेता भण्डारी जानकारी दिए ।

भेटमा जसपाका नेताहरूले नागरिकतासम्बन्धी विधेयक, मधेस आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायत माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले आफूले संसद्मा विश्वासको मत लिने बेलामा मधेसका माग सम्बोधन गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै सरकार व्यवस्थित भएपछि माग सम्बोधन प्रक्रिया अघि बढ्ने बताउनुभएको नेता भण्डारीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.