१ भदाै, काठमाडौं ।
मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
बालुवाटारनिकट स्रोतका अनुसार अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास गएका हुन् ।
केहीबेर अघि बसेकाे मन्त्रिपरिषद् बैठकले राजनीतिक दल समबन्धी ऐन संशोधन अध्यादेश जारी गरेको थियो ।