विमला वली र अजय शाहीलाई सांसदबाट पदमुक्त गर्न सभामुखलाई पत्र

विमला वली र अजय शाहीलाई सांसदबाट पदमुक्त गर्न सभामुखलाई पत्र

१ भदाै, रूपन्देही ।

नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ।

एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही र बिमला ओलीले पार्टीको बिधान , संसदीय दलको बिधान नियम बिपरीत र पार्टीको निर्देशन बिपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र बुझाएको एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले जानकारी दिए ।

अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने बिमला खत्री वली एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन्।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन् भने बिमला खत्री वली कहिले एमाले कहिले नेकपा माओवादी भएको भन्दै विवादास्पद बन्दै आएकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.