१ भदाै, काठमाडौँ ।
प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम मिश्रले प्रदेश नं. २ को प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।