१ भदाै, काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आफै वार्ता गर्ने भएका छन् । डा. केसीले राखेका मागबारे छलफल गर्न प्रधानमन्त्रीले केसीलाई आज साँझ ५ बजे बालुवाटार बोलाएका हुन् ।
बालुवाटारमा प्रधानमन्त्री देउवा, डा. केसी र उनका सहयोगीबीच वार्ता हुने जनाइएको छ । केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हटाउनुपर्ने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन् । केसीले माग पूरा गर्न भदौ ३ गतेसम्मको अल्टिमेटम दिँदै त्यतिबेला सम्म पनि पूरा नभए अनसन बस्ने चेतावनी दिएका थिए ।
केसीले दिएको अल्टिमेटम पूरा नहुदै स्वास्थ्य मन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री देउवाले सहमतिको प्रयास गरेका हुन् ।