१ भदाै, दाङ ।
दुर्घटनामा पति गुमाएकी लुम्बिनी प्रदेशकी सांसद विमला ओली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको चुम्बनसहितको तस्बिर सार्वजनिक भएपछि एमाले र माओवादी पंक्तिमा खैलाबैला मच्चिएको छ ।
उक्त तस्बिर बस्नेतकै फेसबुक स्टोरीमा सार्वजनिक भएको हो । तस्बिरमा सांसद विमलाले बस्नेतको गालामा चुम्बन गरेको देखिन्छ । तस्बिर भने बस्नेतले सेल्फी लिए जस्तो देखिन्छ । तस्बिरमा विमलाको सिउँदोमा सिन्दुरले रंगिएको देखिन्छ । विमला एमाले सांसद स्वर्गीय उत्तरकुमार ओलीकी पत्नी हुन् भने वाईसीएल नेता बस्नेत पनि विवाहित हुन् ।
उत्तरको दुर्घटनामा निधन भएपछि विमलालाई साेही निर्वाचन क्षेत्र दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन ।
लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा रहेकी छिन । यसबारे बस्नेतसँग जानकारी लिँदा उनले उक्त तस्बिर कसले कसरी आफ्नो फेसवुकमा राख्यो भन्ने बिषयमा अनभिज्ञता प्रकट गरेका छन् । सांसद वलीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आइनन् ।
बस्नेतले भने फेसबुकबाट तस्बीर हटाएका छन ।