बायर्नले जित्यो जर्मन सुपर कपकाे उपाधि

बायर्नले जित्यो जर्मन सुपर कपकाे उपाधि

२ भदाै, एजेन्सी ।

बोरुशिया डर्टमण्डलाई ३–१ गोलअन्तरले पराजित गरी बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि रक्षा गरेको छ ।

मंगलबार राती भएकाे खेलमा पोलिस सुपरस्टार रोवर्ट लेवाण्डोस्कीले २ गोल गरेपछि म्युनिखले जर्मन सुपर कपको उपाधि उचाल्न सफल भएकाे हाे ।

लेवाण्डोस्कीले पहिलो हाफको अन्त्यतिर पहिलो गोल गरेका थिए । दोस्रो हाफको सुरुआतमै थोमस मुलरले गोल गरेपछि बायर्नले दोहोरो अग्रता बनायो । ६४ औं मिनेटमा मार्को रिउसले डर्टमण्डका लागि एक गोल फर्काए पनि ७४ औं मिनेटमा लेवाण्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरी टिमको अग्रता फराकिलो पारेका थिए ।

लेवाण्डोस्की सन् २०१४ सम्म डर्टमण्डमै थिए । जर्मन लिगमा चीर प्रतिद्वन्द्वी बायर्न गएका उनले आफ्नो पूर्व क्लबविरुद्ध २४औं गोल गरेका हुन् । जर्मन सुपर कपमा योसहित तीन संस्करणमा यी दुई टिमको प्रतिस्पर्धा छ । सन् २०१९÷२० को संस्करण डर्टमण्डले जिते पनि त्यसयता दुई संस्करण बायर्नले जितेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.