२ साउन, काठमाडौँ।
माधव नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी ‘नेकपा एमाले समाजवादी’ निर्वाचन आयोगमा दर्ता गरेको छ । नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ ।
नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् । एमाले समाजवादीमा संघीय संसदका ३१ सांसद रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
नेपालको नयाँ पार्टीमा युवराज ज्ञवाली, राजेन्द्र पाण्डे, विरोध खतिवडा, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायत नेताहरु छन् । तर, लामाे समयदेखि साथ दिएका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लषायत नेताहरु भने अझै खुलेका छैनन् ।
नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए । ‘हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउँछौ । एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाडोभन्दा चाडो नेकपा एमाले (समाजवादी) मा आउन आग्रह गर्छौ’, पाण्डेले पत्रकारहरूसँग भने ।