गणतन्त्र आएपछि राजतन्त्रलाई मात्रै फाइदा भयो: धर्मेन्द्र बास्तोला

गणतन्त्र आएपछि राजतन्त्रलाई मात्रै फाइदा भयो: धर्मेन्द्र बास्तोला

२ भदौ, काठमाडौँ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले गणतन्त्र आएपछि सबैभन्दा धेरै फाइदा राजतन्त्रवादीहरुलाई भएको बताएका छन् । बुधबार संवाद डबलीमा आयोजित ‘कम्युनिष्टहरुबीचको ध्रुवीकरण आवश्यक्ता र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनने दलाल पूँजिपति र सामन्तलाई मात्रै गणतन्त्रको फाइदा भएको बताए ।

नेता बास्तोलाले जनताले गणतन्त्र आएपछि पनि कुनै सेवा सुविधा नपाएको धारणा व्यक्त गरे। जनताका निम्ति हिजो भएका समस्याहरु आज पनि रहेको बताउँदै नेता बास्तोलाले कम्युनिष्टहरु एकतावद्ध भए राजतन्त्रको सर्वनाश गर्छ भन्ने डरले राजतन्त्रकै खिल्ली उडाइरहेको बताए । उनले भने , “गणतन्त्र आएपछि सबैभन्दा बढी फाइदा राजतन्त्रवादीहरुलाई भएको छ, सामन्त र दलाल पूँजिपतिलाई भएको छ, कनिभने हिजो राजा हुँदा एउटा तगारो थियो, घुँडा टेकेर एकपटक जदौ गरेपछि उनीहरु ठाउँमा पुग्थे, अहिले त्यो हटेको छ, जनतलाई त हिजो पनि सास्ती थियो, भोकमरी थियो, अशिक्षा थियो, रोगव्याधी थियो, सारा समस्याहरु थिए, आज पनि त्यही छन्, हिजो पनि शिक्षा किन्नुपथ्र्यो आज पनि त्यही छ, हिजो स्वास्थ्य किन्नुपथ्र्यो आज पनि त्यही छ, हिजो पनि राष्ट्रका समस्या थिए आज पनि त्यहि छ, जनताका निम्ति हिजो जे समस्या थिए आज पनि त्यही छन्, उनीहरु गणतन्त्रको रक्ष ागर्न खोज्दैनन्, किन अहिले राजतन्त्रको खिल्ली उडाउँछन् भन्दा कम्युनिष्टहरु एकतावद्ध भए भने त्यसले सर्वनाश गर्छ भनेर डराएका छन्, त्यसकै पछाडि कतिपय नेताहरुले बोलेको मैले सुनेको छु ।”

नेता बास्तोलाले पुरानो प्रतिगामी सत्तालाई ध्वस्त पारेर नयाँ समाजमा रुपान्तरण गर्ने प्रकारको एकता कम्युनिष्ट पार्टीहरुबीच हुन जरुरी रहेको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.