२ भदाै, मकवानपुर ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रीहरुलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिँदै पदबाटसमेत राजीनामा घोषणा गरेका थिए । उनले प्रदेश प्रमुख विष्णु प्रसाईंलाई राजीनामा बुझाउन गएका छन् ।
बुधबार हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बसेको संसदीय दलकाे बैठकमा उनले दलको नेताबाट राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो । बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्रीको रुपमा अगाडि बढाउने निर्णय गरेको थियाे ।
अब वाग्मती प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा शाक्य संविधानको धारा ७६ (१) अनुसार बहुमतको आधारमा नियुक्त हुनेछिन् । उनले आजै शपथ लिने जनाइएकाे छ ।