३ भदाै, मकवानपुर ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन् । बुधबार संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । याे सँगै उनी नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।
संविधानको उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ ।
शाक्यले बुधबारै पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनी बुधबार नै वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी थिइन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएका थिए । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएक थियो ।
मुख्यमन्त्री भएसँगै दुई जना मन्त्री नियुक्त गरेकी छतन् । उनले आन्तरिक मामिला तथा कानुन तथा भौतिक विकास मन्त्रीको रुपमा केशवराज पाण्डे तथा समाजिक विकास मन्त्रीका रुपमा कृष्णप्रसाद खनाललाई नियुक्त गरेकी हुन् ।
शाक्य यसअघि नेपाल सरकारको उद्योग र महिल, बालबालिका तथा समाज कल्याणमन्त्री भइसकेकी छन् ।