३ भदाै, काठमाडौं ।
रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै अफगानिस्तानबाट नेपाल फर्कन कन्सुलर सेवा विभागको वेव पोर्टलमा बुधबार सांझ ५ बजेसम्म २९६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गरेकाे मन्त्रालयले जनाएकाे छ । जसमध्ये १६ जना नेपाली नागरिकहरू उद्धार भई नेपाल आइसकेका छन् ।