रसुवामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ जना बेपत्ता

रसुवामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ जना बेपत्ता

३ भदाै, रसुवा ।

रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडामा पहिरोमा परि बेपत्ता भएका चार मध्ये दुई जनाको शव भेटिएको छ ।

३२ वर्षीय कमला गलान र उनकी कान्छी छोरी ८ वर्षीय सुकुमाया गलानको शब भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिए । उनले बेपत्ता भएका ११ वर्षीय सोकिता गलान र ७ वर्षीय आशिष गलानको खोजि कार्य भइरहेको जानकारी दिए ।

पहिरोमा परी गम्भिर घाइते भएका ३६ वर्षीय श्यामबहादुर गलान तामाङलाइ उद्धार गरी थप उपचारका लागि काठमाडाैँकाे ट्रमा सेन्टर ल्याइएको प्रहरीले जनाएको छ ।

एक तले जस्ताले छाएको घरमाथि सडकको डिल भासिँदा एक घर पहिरोले पुरिएकाे हाे । घटनास्थलमा स्थानियबासी, सेना प्रहरी उद्धारमा खटिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.