३ भदाै , काठमाडौँ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ ।
केही दिनअघि घाँटीमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई गएका हुन् ।
उनको स्वास्थ्यावस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई गएकाे उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।