एमाले विभाजित भएको होइन, केही मानिस अलग भएका हुन् : ओली

एमाले विभाजित भएको होइन, केही मानिस अलग भएका हुन् : ओली

३ भदाै, काठमाडौं।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित भएको नभइ एउटा चोइटो उछिट्टिएको टिप्पणी गरेका छन्। एमाले विभाजित भएको भोलिपल्ट न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।  उनले भने, ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो।’

ओलीले वरिष्ठ नेता माधव नेपालले नेकपा एमाले (समाजवादी) दर्ता गर्नु उनकै विवेकको कुरा भएको समेत बताए। ओलीले एकै ठाउँ आउन नसक्ने चुम्बकका दुई ध्रुव ल्याइएको भन्दै बाह्य शक्तिले एमाले फुटाएको उल्लेख गरे।

आफूले एकताबद्ध राख्न अनेक कोशिस गर्दा पनि पार्टी फुटेको उनको दाबी थियो। उनले आफूले ५१ वर्षअघिबाट पार्टी एकता गर्न सुरु गरेर नेकपासम्म बनाएको जिकिर गरे। उनको भनाइ थियो, ‘पार्टी एकताबद्ध राख्ने कोशिसै गरेन भन्ने कुरा सही होइन, ५१ वर्षअघि जति कम्युनिष्ट पार्टी स-साना टुक्रामा थियो। पार्टी जस्तो एउटा पनि पार्टी थिएन। त्यही बेला एकताको आन्दोलन सुरु गरेको थिएँ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.