३ भदाै, काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष हुनैपर्ने रोग लागेको टिप्पणी गरेका छन् । भक्तपुरमा कार्यकर्ता भेलालाई विशेष सम्बोधन गर्दै ओलीले अध्यक्ष हुनका लागि माधव नेपाल गएको बताएका हुन् ।
उाले भने, ‘माधव नेपाललाई अध्यक्ष हुनैपर्ने रोग छ , एक्लै भएपनि अध्यक्ष हुनुपर्ने ।’ उनले माधव नेपालले ४ जना राखेर भएपनि एक्लै अध्यक्ष हुनैपर्ने स्वभाव देखाएको बताए ।
ओलीले माधव नेपालले अध्यक्ष माग्न आएको समेत बताए । उनले पद नै चाहिन्छ जसरी व्यवहार नगर्न भन्दै समय आएपछि जिम्मेवारी पाइने बताए ।