३ भदाै, काठमाडौं।
सरकारले यस वर्ष गाईजात्रा पर्वको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यही भदाै ७ गते परेको गाईजात्रा अवसरमा देशैभरमा नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
यसअघि गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरिएको थियो। यस्तै, भदाै १४ गते कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ।
मन्त्री कार्कीका अनुसार बैठकले तराई मधेश द्रुत मार्गको लागि आवश्यक मकवानपुरको तालभैरव र गौरीशंकर क्षेत्रको वन हटाउन स्वीकृती दिने निर्णय पनि सरकारले गरेको छ। त्यस्तै नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृत गर्ने, सहसहचिव डिल्लीप्रसाद रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत भएको छ ।