३ भदाै, काठमाडौं ।
सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।